प्रमुख जिल्ला अधिकारी द्वारा कालीगण्डकी गाउँ पालिकाको निरिक्षण

236
SHARES
361
VIEWS


स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रिले कालीगण्डकी गाउँ पालिकामा संचालित विभिन्न योजनाहरुको निरिक्षण गरेका छन् । प्रजिअले कालो पत्रे हुने क्रममा रहेको ओइघा देखि रिडि सम्मको मोटर बाटो र किपट( छिस्दी खाने पानी योजनाको निरीक्षण गरेका छन्। उनले स्याङ्जाको कालीगण्डकी गाउँ पालिका र गुल्मीको रुरु गाउँ पालिका जोड्ने निर्माणाधीन पुलको समेत निरिक्षण गरेका छन् । हाल उक्त पुलको निर्माण कार्य रोकिएको र स्याङ्जा जिल्लाको तर्फबाट निर्माण कार्य सुचारु गर्न आफुले पहल गर्ने उनले बताए । उनले कालीगण्डकी गाउँपालिकाको वडा नम्बर तीनमा पहिरो ग्रस्त क्षेत्रको समेत निरिक्षण गरेका छन् ।
स्य्याङ्जामा कार्य भार सम्हाले पश्चात् स्याङ्जाको सुदुर पश्चिम भागमा प्रमुख जिल्ला अधिकारी पहिलो पटक पुगेका हुन् । निरिक्षणमा प्रमुख जिल्ला अधिकारीसँगै , पूर्वाधार कार्यलयका प्रमुख , खानेपानी तथा सिचाइ कार्यलयका प्रमुख , भूकम्प कार्यनयन इकाइका प्रमुख , जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख, नेकपा स्याङ्जाका अध्यक्ष पारस गैरे , कालीगण्डकी गाउँ पालिकाका अध्यक्ष खिम थापा , उपाध्यक्ष सावित्रा कोइराला, नेकपा कालीगण्डकीका अध्यक्ष कृष्ण लामिछाने , जनमुक्तिका बम लामिछाने , जनहित माविका प्रधानाध्यापक केशर क्षेत्री लगायत स्थानीय राजनीति कर्मी तथा बुद्धिजिविहरुको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार