पाल्पामा समुदायस्तरका थप एक जनामा संक्रमण

54
SHARES
120
VIEWS


बिष्णु पाण्डेय पाल्पा, भदौ १८÷जिल्लामा समुदायस्तरका थप एक जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लाको रम्भा–३, पीपलडाँडाका ३० वर्षिय युवामा संक्रमण देखिएको हो । उनी गत आइतबार चितवन मेडिकल कलेजमा उपचारका क्रममा देखिएका संक्रमितका आफन्ता रहेको बुझिएको छ । योसँगै जिल्लामा समुदायस्तरका आठ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यसअघि रम्भाका दुई जना, तानसेनका दुई, तिनाउका एक जना र रामपुरका दुई जनामा गरी सात जनामा संक्रमण देखिएको थियो । संक्रमण देखिनेहरु तीन जना महिला र पाँच जना पुरुषमा रहेका छन् ।
जिल्लामा संक्रमितको सख्या ५ सय ८३ पुगेको छ, भने ५ सय ६२ जना निको भएर घर फर्किएका छन् । संक्रमित मध्ये पूर्व खोला गाउँपालिकाका एक जना पुरुष र तानसेन नगरपालिकाका एक जना महिलाको भने मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार