गण्डकी प्रदेशमा आज ४४ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुने हरु कास्कीका २२ जना , बाग्लुङका ३ जना , स्याङ्जा गल्याङका एक जना , नवलपरासीका एक जना र लमजुङका १७ रहेका छन् । केही दिन यता गण्डकी प्रदेशमा कोरोना संक्रमित दैनिक बढिरहेको छ। संक्रमित हुने हरु मध्य कास्की जिल्ला, पोखरा महानगरपालिकाका २ जना महिला पश्चिमान्चल सामुदायिक अस्पताल, पृथ्वी चोकमा कार्यरत कर्मचारी रहेका छन् | यस्तै गरि पोखरा महानगरपालिका-१७ का २५ बर्षका पुरुष, पोखरा महानगरपालिका-१५ का २८ बर्षीय पुरुष, पोखरा महानगरपालिका-१४ का ४१ र ४४ बर्षीय २ पुरुषहरु र पोखरा महानगरपालिका-२४ का ३१ बर्षीय पुरुष गरि ५ जना भारतबाट आएका हुन् । संक्रमित अन्य एक जना पोखरा महानगरपालिका-१६ का ५२ बर्षीय पुरुष डाँफे सहकारी संस्थामा कार्यरत कर्मचारी रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। आज थप ४४ जना गरि गण्डकी प्रदेशमा संक्रमितको सङ्ख्या २४४७ जना पुगेको छ।
Discussion about this post