कोरोना संक्रमणबाट कास्कीकि एक महिलाको मृत्यु

23
SHARES
118
VIEWS

कास्की – गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–१ की वर्ष ६३ की महिलाको उपचारका क्रममा मृत्यु भएको हो । गत भदौ १९ गते उनमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाण्डौं छाउनी स्थित विरेन्द्र अस्पतालमा सोमबार विहान ९ः१५ मा उनको मृत्यु भएकोे मन्त्रालयले जनाएको छ । उनी ब्रेन ट्युमर तथा मृर्गौलामा समस्या भई सो अस्पताल भर्ना भएकी थिइन् ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।

यसअघि प्रदेशमा कोरोना संक्रमणका कारण कास्कीमा ६, गोरखामा ४, तनहुँमा ३, स्याङ्जा र नवलपुर (वर्दघाट सुस्ता पूर्व) मा २–२ जना, म्याग्दी र बाग्लुङमा एक–एक जना मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार