भदौ-२५, स्याङ्जा गण्डकी प्रदेशमा कोरोना संक्रमित बढ्ने ग्राफ उच्च हुने क्रम जारी छ। कोरोना संक्रमणको पछिल्लो अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा आज ४९ जना थप नयाँ कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुनेहरु कास्कीका १९ जना , बाग्लुङका ९ जना , तनहुँका ३ जना , पर्वतका एक जना , स्याङ्जाका १२ जना र नवलपरासीका ५ जना रहेका छन् । आज थप ४९ सहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या २७२८ जना पुगेको छ।

Discussion about this post