चुरामणी तिमिल्सिना
भदौ-२५ , गुल्मी-छत्रकोट गाउँ कार्य पालिकाको बैठकले पालिकाका सामाजिक बिकास समिती संयोजक वडा नम्बर ४ का अध्यक्ष डिलाराम न्यौपानेलाई लिखित रुपमा बधाई तथा प्रशंसा पत्र पदान गरेको छ। विश्वव्यापी कोराना भाइरस ( कोभिड- १९) महामारीको बेलामा छत्रकोट पालिकालाइ आफ्नै स्वमित्वमा रहेको श्रीङगेस्वर आयल स्टोर्सको भवनमा १० बेडको क्वारेन्टिन बनाउन निशुल्क निर्माण गर्न भवन उपलब्ध गराउनु भएको थियो। उहाँले गर्नु भएको सहयोग प्रती गाउँ पालिकाले आभार व्यक्त गर्दै प्रशंसा प्रमाण समेत प्रदान गरेको छ। वडा अध्यक्ष पौडेलले आफू जनप्रतिनिधि नहुदा थुप्रै सामाजिक कार्यक्रममा सहभागी भएका र विभिन्न तरिकाले सहयो गर्दै आउनु भएको बताउनु भएको छ। आफुलाइ कसैले सहयोगको लागि आग्रह गर्दा कसैलाइ रित्तो हात नफर्काएको समेत बताउनुभयो। उहाँ ले आफ्नो निजि भवन क्वारेन्टिन स्थल बनाउनको लागि जेठ १ गते देखि साउन ३० गते सम्म गाउँ पालिकालाइ निशुल्क उपलब्ध गराउनु भएको थियो। कोभिड – १९ को व्यवस्थापनका लागि उहाँले गर्नु भएको अतुलनीय सहयोग प्रती गाउँ पालिकाले हार्दिक आभार व्यक्त गर्दै प्रशंंसा पत्र प्रादन गरेको छ।

Discussion about this post