चितवनमा करेन्ट लागेर दुई सैनिकको ज्यान गयो

16
SHARES
109
VIEWS

चितवन भदौ -२७, चितवनमा करेन्ट लागेर दुई सैनिकको ज्यान गएको छ । कालिका नगरपालिका–८ शक्तिखोरको सिंहनाथ गणका दुईजना सैनिकको करेन्ट लागेर बिहान ज्यान गएको हो । गण परिसरमा रहेको रूखको हाँगा काट्ने क्रममा करेन्ट लागेर सुवेदार राजुबाबु श्रेष्ठ र सिपाही साजन कुमालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो । श्रेष्ठको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा र कुमालको उपचारका क्रममा भरतपुर अस्पतालमा ज्यान गएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार