चर्चित गायक राजन कार्कीको दशै गित “चाडबाडमा”चर्चामा(भिडियो सहित)

33
SHARES
103
VIEWS

सुमन ढकाल -काठमाडौ
भदौ -२७, नेपाली लोक तथा दोहोरी क्षेत्रमा चर्चित गायक राजन कार्की पुनः अर्को सांगितिक कोसेली लिएर लोक पारखी मनहरु सित जोडिन आएका छन् । आउदै गरेको नेपालीहरुको महान चाड बडा दशैको अवसरमा गायक कार्कीले “चाडबाडमा” बोलको गित सार्वजनिक गरेका हुन् । उनको यो प्रस्तुतिले पनि उनका अघिल्ला प्रस्तुतिहरुले जस्तै चर्चा पाएका छ । देशमा पर्याप्त मात्रामा रोजगारीको अवसर नहुदाँ कयौं नेपाली युवाहरु बिदेशीनु पर्ने र त्यस पछि उत्पन्न हुने परिस्थितिलाई मर्म स्पर्शी ढंगले यो गित प्रस्तुत गरेका छन् । “उमेर बित्दै गएसि थाहा पाउला, धन त पाउला, जवानी कहाँ पाउला ,चाडवाडमा-तिमी नै बोले झै लाउछ आडमा ” जस्ता मन छुने सागर लामाका लय शब्द लाई राजन कार्की , समिक्षा अधिकारी र बाल गायिका निस्मा पोखरेलको सुमधुर आवजमा सजिएका छन्। हिन्दुहरुको महान चाड बडादशैको अवसर पारेर यो सार्वजनिक गरेका हुन् । नेत्र गुरुङको निर्देशन र सम्पादनमा तयार पारिएको गितको म्युजिक भिडियोलाइ राजन कार्कीकै युटुब च्यानल बाट सार्वजनिक गरिएको छ। पछिल्लो समयमा लोकप्रिय एप्स टिकटकमा पनि गितले धेरै दर्शक स्रोताको साथ पाएको छ।

भिडियो:-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार