भदौ -२८ ,गुल्मी जिल्लाको रुरुक्षेत्र गाउपालिकामा थप एकजनामा समुदाय स्तरमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। वडा न.५ बम्घा कि ७१ बर्षिया बृद्दमा सङ्क्रमण पुष्टि भएको रुरुक्षेत्र गाउपालिका स्वास्थ्य शाखा प्रमुख छत्रबहादुर अधिकारीले बताउनुभयो ।
सङ्क्रमित ती बृद्द केहिदिन पहिले सोही ठाउमा सङ्क्रमण पुष्टि भएका पुरुषका छिमिकि रहेको पनि उहाले बताउनुभयो । गत २२ गते सोही स्थानका ४२ बर्षिया एक पुरुषमा सङ्क्रमण पुष्टि भएपछी कन्ट्याक्ट् ट्रेसिङको क्रममा आज थपिएकी सङ्क्रमित बृद्दा सहित ३७ जनाको स्वाब सङ्कलन गरिएको थियो।बाकी ३६ जनाको भने कोरोना रिपोर्ट नेगेटिभ आइसकेको छ ।
उहालाई सङ्क्रमण पुष्टि भएपछी कन्ट्याक्ट् ट्रेसिङको क्रममा पुन: १० जनाको स्वाब सङ्कलन गरि पठाउने तयारी गरिएको अधिकारीको भनाई रहेको छ ।
रुरुक्षेत्र गाउपालिकामा यो सङ्गै कोरोना भाइरस सङ्क्रमण पुष्टि हुनेहरुको सङ्ख्या आजसम्म ३५ पुगेको छ । ती मध्य ३४ जनाको यहीँबाट नै स्वाब सङ्कलन गरि पठाइएको थियो, क्वारेन्टाइनमा बसेका एकजनाको भने लुम्बिनी मेडिकल हस्पिटल प्रभासबाट उपचारका क्रममा स्वाब सङ्कलन गरिएको थियो । पालिकामा हालसम्म ३२ जनाले कोरोना जितेर घर फिर्ता भइसकेका छन भने एक जनाको रिडिमा आइसोलेसनमा उपचार भइरहेको छ भने २ जनाको होम आइसोलेसनमा स्वास्थ्य कर्मीको निगरानीमा उपचार भइरहेको छ। सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य शाखा प्रमुख अधिकारीले बताउनुभयो ।
Discussion about this post