स्याङ्जाको गल्याङमा बसपार्क निर्माणका लागि प्रक्रिया सुरु भएको छ । गल्याङ नगरपालिका वडा नम्बर ११ मुडकिल्लामा बसपार्क निर्माणको प्रक्रिया सुरु गरिएको हो ।
सार्वजनिक जग्गा र केही स्थानीयको जग्गामा सहमति भएपछि बसपार्क निर्माणको प्रक्रिया सुरु भएको हो ।
बसपार्क निर्माणका लागि विहिबार समिति गठन गरिएको नगरपालिकाले जनाएको छ ।
स्थानीय प्रकाश भट्टराईको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो । समितिले बसपार्क निर्माण गर्ने तय भएको उक्त ठाउँमा रुख तथा झाडीको व्यवस्थापन गरी डिपिआर निर्माण गर्न सघाउनेछ ।
कार्यक्रममा नगरप्रमुख भुपराज अधिकारीले आफ्नो क्षेत्रको विकासमा आफै सक्रीय हुनुपर्ने बताउनुभयो ।
उहाँले स्थानीय क्षेत्रको विकासका लागि स्थानीयबासीको महत्वपूर्ण योगदान हुनुपर्नेमा जोड दिदै एकताबद्व भएर लाग्न आग्रह गर्नुभयो ।
नगरप्रमुख अधिकारीले गल्याङमा बसपार्क निर्माण नहुँदा धेरै सास्ती व्यहोर्नुपरेको भन्दै छिट्टै बसपार्क निर्माण गर्ने लक्ष्य राखिएको बताउनुभयो ।
उहाँले नगरपालिकाको समग्र विकासमा आँपूmले विभिन्न योजनाहरु ल्याएको भएपनि कोरोना भाइरसको कारण यस वर्ष समस्या परेको उल्लेख गर्नुभयो ।
Discussion about this post