तिनाउ गाउँपालिका दोभानमा स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर तथा ल्याव सेवा सु्रु

17
SHARES
142
VIEWS

विष्णु पाण्डेय
भदौ ३१,पाल्पा
तिनाउ गाउँपालिका वडा न २ स्थित दोभान स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर तथा ल्याव सेवा सु्रु भएको छ । प्रदेश सभा सांसद तुलाराम घर्तिमगर बसन्तले एक कार्यक्रमका विच वर्थिङ सेन्टर तथा ल्याव सेन्टरको उद्घाटन गर्नुभएको छ । उद्घाटनका क्रममा उहाँले उतm ल्याव तथा वर्थिङ सेन्टर सञ्चालनको लागि स्वास्थ्य उपकरण व्यवस्थापन गर्न प्रदेश सरकारबाट १० लाख बिाियोजन गरीएको र त्यसको प्रभावकारी व्यवस्थापन हुनुपर्ने बताउनुभयो ।
गउपालिका अभ्यक्ष ओम बहादुर घर्तिमगरले तिनाउको केन्द्र रहेको दोभानमा वर्थिङ सेन्टर तथा ल्यावको साथै आईसोलेसन बेड र आँखा उपचार क्लिनिक समेत यसै आवमा सञ्चालन गर्ने बताउनुभयो । गाउँपालिका उपाध्यक्ष दयमन्ति थापाले संथागत सुत्केरीलाई गाउँपालिकाले थप दुई हजार याथायात खर्च दिनेगरेको र गर्भ जाँच गराउदा समेत अण्डा वितरण गरेको बताउनुभयो । कार्यक्रममा नर्सिङ ईन्चार्ज रीता थापाले स्वास्थ्य चौकीबारे जानकारी गराउनुभएको थियो ।
स्वास्थ्य शाखा प्रमुख कृष्ण कार्कीले वर्थिङ सेन्टर २४ औ्र घण्टा खुल्ला रहने र जनताको स्वास्थ्य सेवामा स्वास्थ्यकर्मी तत्पर रहेको बताउनुभयो । वडा न २ का वडा अध्यक्ष राजेश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा अनमी शारदा खड्काले स्वागत मन्तव्य र सिनिएर अहेव ठाकुर गैरेको सञ्चालनमा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार