पाल्पाका दुई बिद्यालयले अनलाइन कविता प्रतियोगिता र सरस्वतीको पुजा गरि वार्षिकोत्सब मनाए

16
SHARES
130
VIEWS

पाल्पा – शारदा माध्यमिक विद्यालय पाल्पाले स्थापनाको ६५ औं वार्षिकोत्सव सरस्वती पुजा गरेर मनाएको छ। बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीको कारण आज पर्न गएको बिद्यालयको स्थापना कालको वार्षिकोत्सव सरस्वती पुजामै सिमित गरिएको बिद्यालयका प्रअ देवि प्रसाद भट्टराईले बताउनु भयो।

बिद्यालयको आर्थिक आयव्ययको जानकारी तथा प्रगति विवरण वातावरण सहज भए पछि अभिभावक भेला गरेर जानकारी दिने समेत प्रअ भट्टराईले बताउनु भयो। बिद्यालयले बिद्यार्थीका सिकाइ सहजीकरणको लागि टोल – टोलमा गएर विद्यार्थी भेला गराएर शिक्षण गर्दै आएकोमा पाल्पामा कोरोना संक्रमणको जोखिम बढेको कारण स्थगन गरिएको बिद्यालयले जनाएको छ। आज बाट लकडाउनमा खुकुलो गरिए पनि सरकारले बिद्यालय खोल्न भने अनुमती दिएको छैन

यस्तै गरि दमकडा माध्यमिक विद्यालय पाल्पाले स्थापनाको ६४ औं वार्षिकोत्सवका अवसरमा अनलाइन कविता प्रतियोगिताको आयोजना गरेर मनाएको छ। जिल्ला स्तरीय कविता प्रतियोगितामा मिलेनियम स्कुल तानसेन पाल्पाका महिमा गैरे प्रथम, जनता माध्यमिक विद्यालयकी सुजाता बस्याल दोस्रा, रत्नमाध्यमिक विद्यालय माथागढीका विशाल बि.क तेस्रा भएका छन् । सेन्ट क्यापितानियो स्कुल तानसेनका प्रसना नेपाली र दमकडा माध्यमिक विद्यालयकी सपना भण्डारीले शान्त्वना पुरस्कार प्राप्त गरेका छन् । पाल्पा जिल्लाका २४ विद्यालयका ३४ विद्यार्थीले प्रतियोगितामा भाग लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार