असोज -३, स्याङ्जाको वालिङ नगरपालिकाका एक जनामा सहित गण्डकी प्रदेशमा थप ५१ जनामा कोरोना संक्रमाणको पुष्टि भएको छ। संक्रमित हुनेहरुमा सवै भन्दा बढी नवलपरासीका ३४ जना , स्याङ्जाका १ जना , तनहुँका ३ जना र कास्कीका १३ जना रहेका छन्।
आजै नै गण्डकी प्रदेशमा नवलपरासीका ११ जना , पर्वतका २ जना , स्याङ्जाका एक र लमजुङका एक जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो। थप ५१ जना गरि गण्डकी प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या ३४०२ जना पुगेको छ।
Discussion about this post