स्याङ्जामा आइसोलेसनबाट फरार कोरोना संक्रमित भेटिए

12
SHARES
103
VIEWS

असोज-९, बुधबार राती स्याङ्जाको कालिका सामुदायिक अस्पतालको आइसोलेसन कक्षबाट फरार भएका ब्यक्ति शुक्रबार फेला परेका छन् । अर्जुन चौपारी गाउँ पालिका – ४ बस्ने वर्ष ३० का कोरोना पोजिटिभ ब्यक्ति दुई दिन देखि फरार रहेका थिए। प्रहरीले खोजतलास गर्ने क्रममा पुतलीबजार १३ स्थित लामागे भन्ने ठाउँमा हिँडदै गरेको अवस्थामा फेला पारेको थियो। पक्राउ गरिएको व्यक्ति लाई जिल्ला कारागार स्याङ्जामा सुरक्षित तवरले रखिएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी प्रबक्ता राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनु भयो । आइसोलेसनबाट फरार कोरोना संक्रमित ब्यक्तिलाइ गौहत्याको अभियोगमा पक्राउ गरिएको थियो । उनि थुनामा रहेको समयमा कोरोना संक्रमणको पुष्टि भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार