तिनाउका विभिन्न ठाउमा बाढिपहिरो

17
SHARES
143
VIEWS


विष्णु पान्डेय
पाल्पा अशोज १० लगातार परेको अविरल बर्षाका कारण जिल्लाका विभिन्न ठाउमा बाडिपहिरो गएको छ ।
तिनाउ गाउपालिकाका बिभिन्न ठाउमा पनि बाढिपहिरो गएको छ । जसका कारण बाटोघाटो अबरुद्ध हुनुका साथै घरगोठमा क्षति पुर्याएको छ । हिउदेखोला ,सिसुवा र झुम्सा भूतखोला क्षेत्रमा पहिरो गएका कारण शनिबार बिहान देखी साँझ सम्म पनि सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने बुटवल तानसेन सडक खुल्न सकेको छैन ।
दोभानको घोटेवास माथिबाट खसेको पहिरोले टिकाराम खरेल,यज्ञ खरेल र नारायण खरेलको घरमा क्षति पुर्याएको गाउपालिका अध्यक्ष ओम बहादुर घर्तिले बताउनुभयो । यस्तै भूजेलखोला भूजेलवस्तीका पहिरो जादा भिम बहादुर थापाको घर पुरीएको छ । पहिरोले झुम्सा अर्घाछापको लिल बहादुर थापाको घर तथा च्याउ फर्ममा क्षति पुर्याएको छ ।
यस्तै हरीयालि गाउको वसन्त थापाको घर भत्किएको छ भने दोभान प्रहरी चौकी नजिकै रहेको अमर प्रधान र राज बहादुर श्रेष्ठको घर तलबाट पहिरोले तानेर जोखिममा परेको छ । यस्तै मस्यामको चित्रा रावलको उन्नत जातका बाख्रा तथा शौचालय पहिरोले पुरेको छ । पालिकाकै पाटनमा पनि २ घर भत्किएका छन् । कोलडाडाबाट चर्चरेसम्म कृषि सामग्री ढुवानी गर्ने तुइनको स्टेसनमा समेत पहिरोले क्षति पुर्याएको पालिका अध्यक्ष घर्तिले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार