असोज -११ , स्याङजाको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ जोगिडाँडामा सोलार बत्ती जडान गरिएको छ । दलित समुदायको बसोबास रहेको यस बस्तिमा सात वटा सोलार बत्ती जडान गरिएको हो ।
सोलार बत्ती जडान गरेपछि बिद्युत आपूर्ति अवरुद्ध हुँदा पनि अहिले यो बस्ती झिलिमिली देखिने गरेको छ ।
चालीस घरधुरी रहेको यस बस्तीलाई सुन्दर वस्ती निर्माण गर्ने योजना अनुरुप सवै घरका छानाहरु एकै किसिमको बनाउने कार्य अघि बढाइएको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष सोभिलाल चौतारेले बताउनुभयो ।
यस वस्तीमा हाल ६ वटा घर खरका छाना रहेकोले ती घरहरुलाइ पनि जस्तापाता वितरण गरिने तयारी भएको छ ।
साथै प्रत्येक घरलाइ एक–एक वटा इन्डकसन चुलो र पानी सङकलन गर्न ड्रम वितरण गरिने वडाअध्यक्ष चौतारेले बताउनुभयो ।
यसैगरि वस्तीमा प्रवेशको लागि प्रवेशद्वार निर्माण गरिने भएको छ ।
गण्डकी प्रदेश सरकारले कालीगण्डकी गाउँपालिकाका वडा नम्बर १ र ४ का लागि एक करोड रकम बिनियोजित गरेको उहाँले बताउनुभयो ।
Discussion about this post