नेपालमा थप १५५९ जना कोरोना संक्रमित थपिए

12
SHARES
103
VIEWS

असोज-१४ , नेपालमा पछिल्लो २४ घण्टामा १५५९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७७ हजार ८१७ पुगेको छ। २४ घण्टामा एक हजार ५७ जना डिस्चार्ज भएकाछन्। योसँगै डिस्चार्ज हुनेको कुल संख्या ५६ हजार ४२१ पुगेको छ। यो कुल संक्रमितको ७२ दशमलव ५ प्रतिशत हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सात जनाको मृत्यु भएसँगै कोरोनाले मृत्यु हुनेको संख्या ४९८ पुगेको छ। काठमाडौं उपत्यकामा मात्र ९०२ जनामा संक्रमण पुष्टि भएको छ।
मोरङ, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र रुपन्देहीमा अहिले पाँच सयमाथि सक्रिय संक्रमित रहेका छन् भने मनाङ, मुस्ताङ, डोल्पा र मुगुमा संक्रमितको संख्या शून्य छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार