रिडी मकवादीका मृतक नरबहादुरको घरमा राहत लिएर पुगे वडा र सामाजिक संस्था

16
SHARES
137
VIEWS

चुरामणि तिमिल्सिना असोज-१९, रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ रिडी गुल्मी र रुरु फ्रेन्डस क्लबले आज रिडी मकवादीका अति बिपन्न परिवारलाई राहात सामाग्री प्रदान गरेको छ। गुल्मीको रुरुक्षेत्र गाउँपालीका वडा नम्बर १ रिडी रातामाटामा अति बिपन्न परिवारको प्रमुख सदस्यको नै मृत्यु भएपछि राहत प्रदान गरिएको वडा नम्बर १ का अध्यक्ष रामलाल बिकले जानकारी दिनुभयो ।
रुरुक्षेत्र गाउँ पालिका वडा नम्बर १ का स्थानीय बासी नरबबादुर बिकको ५ दिन अघि ५१ बर्षको उमेरमा निधन भएको र आर्थिक रुपमा अति बिपन्न भएको परिवारलाई सान्त्वना स्वरुप भाडा-कुँडा , केही बिद्युतिय सामाग्री , खाद्य सामाग्री तथा त्रिपाल प्रदान गरिएको रुरु फ्रेन्ड्स क्लबका कार्यबहाक अध्यक्ष सोभित थापाले बताउनुभयो। । यसै गरि यस वडा तथा कलबले हरेक सामाजिक कार्यक्रममा योगदान गर्दै आइरहेको कल्बका पदाधिकारीले जानकारी दिनुभयो । राहत हस्तान्तरण कार्यक्रममा वडा नम्बर १ का सम्पूर्ण जनप्रतिनिधी, कर्मचारीहरु र कल्बका पदाधिकारीहरुको सहभागिता रहेको थियो।
नरबहादुर बिकको घरमै पुगेको राहात टोलिले मृतक घरमा पछी कुनै समस्या भएमा पुनः सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभएको हो । आर्थिक अवस्था पनि निकै कमजोर रहेको एवं सहयोग गर्ने परिवारका सदस्य पनि कोहि नभएकोले आफ्नोसंस्थाले सहयोग गरेको सोभित थापाले बताउनु भयो । उक्त परिवारले दैनिक ज्याला मजदुरी गरि दैनिक गुजारा चलाउदै आएको छन् । राहत बितरणमा पुगेका समूहले उहाँ हरुलाइ सान्त्वना दिनुको साथै मृत आत्माको चिर शान्तिको कामना गर्दै एक मिनेट मौनधारण समेत गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार