असोज २०, काठमाण्डाै – नेपालमा पछिल्लो २४ घण्टामा एक हजार पाँच सय ५१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको कुुल सङ्ख्या ९० हजार ८ सय १४ पुगेको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले आज नियमित पत्रकार सम्मेलन मार्फत जनाएको छ।
पछिल्लाे २४ घण्टामा ११ हजार ४७ जनाकाे नमुना परीक्षण गर्दा एक हजार पाँच सय ५१ जनामा सङ्क्रमण देखिएकाे हाे । त्यस्तै गएकाे २४ घण्टामा दुई हजार तीन सय ४० जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ६७ हजार पाँच सय ४२ पुगेको छ ।
अब नेपालमा २२ हजार सात सय नाै जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै चार हजार दुई सय २१ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा ९ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच सय ६३ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।





















Discussion about this post