नेपालमा आज एकै दिन ३४३९ जना कोरोना संक्रमित थपिए

14
SHARES
115
VIEWS

असोज -२१ , नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४३९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ९४ हजार २५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन मार्फत जनाएको छ।

पछिल्लो २४ घण्टामा ३४३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ। आज गरिएको १४ हजार २०९ नमुना परीक्षण गर्दा ३ हजार ४३९ संक्रमण पुष्टि भएको हो । काठमाडौ उपत्यकामा मात्र १ हजार ६ सय ८४ जनामा संक्रमण देखिएको छ।

२५ हजार ७ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १० हजार ५९६ जना र होम आइसोलेसनमा १४ हजार ४११ जना रहेका छन्। यस्तै क्वारेन्टाइनमा ४ हजार २२१ जना रहेका छन्।

२४ घण्टामा देशभर कोरोना संक्रमणका कारण १५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङका २ पुरुष, सिराहाका एक महिला, रौतहटका एक महिला, काठमाडौंका दुई महिला र ४ पुरुष, ललितपुर, चितवन, रुपन्देही, नवलपरासीका एक/एक पुरुष र दाङका एक महिला रहेका छन्।

बुधबार थप ११२६ जना निको भएपछि निको भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको ६८ हजार ६६८ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार