कालीगण्डकी करिडोरको पहिरो पन्छाउने कार्य जारी

19
SHARES
156
VIEWS

असोज- २२, गुल्मी जिल्लाको कालीगण्डकी करिडोर अन्तर्गत पर्ने रिडि- रुद्र बेणि शान्तिपूर सडक खण्डमा गएको विशाल पहिरो पन्छाउने काम तिब्ररुपमा बढिरहेको छ। गत ११ गते दिउसो तीन बजेको समयमा गएको पहिरोको कारण अझसम्म सडक सञ्चालनमा आउन सकेको छैन । बाटो खुलाउनका लागी यथेष्ट प्रयत्न गरिए पनि सोही ठाउँमा निरन्तर गएको पहिरोले बाटो खुलाउन असहज भएको थियो । पहिरो झर्ने क्रम रोकिए संगै दुई देखि दुई वटा स्क्याभेटर प्रयोग गरेर बाटो खुलाउने प्रयास गरिएको इलाका प्रहरी कार्यलय गुल्मी रिडीका प्रहरी सहायक निरीक्षक शालिकराम थापाले जानकारी दिनु भयो। थप पहिरो नगए एक-दुई दिन भित्रमा सडक सञ्चालनमा आउने थापाले बताउनु भयो। यो सडक अवरुद्ध हुँदा सो सडक भएर सञ्चालन हुने यातायातका साधन प्रभावित बनेका छन् । आज गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यलयका प्रमुख सहितको टोलीले पहिरोको निरीक्षण गरेका थिए।

पहिरो पन्छाउदै स्क्याभेटर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार