गुल्मीमा ढुङ्गा खस्दा एक जनाको मृत्यु

21
SHARES
175
VIEWS

चुरामणी तिमिल्सिना ,असोज-२३ गुल्मिको रुरु क्षेत्र गाउँपालिका वडा नम्बर २ का सामाजिक अगुवा ६९ वर्षिय ज्ञानहरि ज्ञवालीको शुक्रबार अपराह्न ४ बजेतिर रतामाटा, जौखोला , बेसिका चौर याडुङ हुँदै पुल्क्याम जाने बैकल्पिक सडकमार्गको अवलोकनको क्रममा माथी बाट ढुङ्गा खसी टाउकोमा गम्भिर चोट लागेको र रुरु प्राथमिक स्वास्थ्य केन्द्रमा निधन भएको रुरु क्षेत्र गाउँ पालिका वडा नम्बर २ का वडा अध्यक्ष घनश्यामअर्यालले बताउनुभयो। स्थानीय बिकासमा अति रुचि राख्ने ज्ञवाली सडक निर्माणको अवलोकन लागि निर्माण हुँदै गरेको सडकमा पुग्दा एक्कासि माथीबाट खसेको ढुङ्गाले लागेर गम्भीर घाइते भएका थिए। रिडीको रुरु प्रथमिक उपचारमा उपचारको क्रममा समाजसेवी ज्ञवालीको निधन भएको ईलाका प्रहरी कार्यलय रिडीका प्रमुख शालिकराम थापाले बताउनु भयो। मृतक ज्ञवालीको शवलाई रुरु प्राथमिक केन्द्रबाट पोस्टमार्टमको लागि जिल्ला अस्पताल गुल्मी लगिएको इलाका प्रहरी कार्यलय रिडीका प्रमुख थापाले बताउनु भयो । मृतक ज्ञवालीका १ छोरा , १ छोरि र १ श्रीमती रहेको पारिवारिक श्रोतले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार