असोज -२५, स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा भूमि , ब्यबस्था, सहकारी तथा गरिबी निबारण मन्त्रालयको आर्थिक सहयोग तथा कालीगण्डकी गाउँपालिकाको समन्वयमा मौरीपालनबारे अभिमुखिकरण तथा आधुनिक घार वितरण कार्यक्रम सम्पन्न भएको छ । आलमदेबी साना किसान कृषि सहकारी संस्थाले उक्त कार्यक्रमको सहजीकरण तथा आयोजना गरेको हो। गत शुक्रबार आयोजना गरिएकी कार्यक्रममा २१ जना कृषक सहभागी रहेको जानकारी वडा नम्बर ३ का वडा सचिब दिलिप बिश्वकर्माले बताउनु भयो। कालीगण्डकी गाउँपालिकाको वडा नम्बर ३ मा आयोजित कार्यक्रममा कृषि प्राबिधिक गणेश प्रसाद अधिकारीले सहभागी कृषकहरुलाइ मौरीको घारको प्रयोग बारे प्रशिक्षण दिनु भएको थियो। कालीगण्डकी गाउँपालिकाले कृषकहरुको आर्थिक अवस्था उकास्नका लागि विभिन्न कृषी गतिविधिहरु संचालनमा ल्याएको छ।
Discussion about this post