चिरन्जिवि ज्ञवाली असोज २७-गुल्मी जिल्ला मदन भण्डारी स्पोर्ट्स एकेडेमी रुरुक्षेत्र गाउँपालीका द्वारा खेलाडी हरुलाइ खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ ।
यस क्षेत्र समाज सेवि तथा नेकपा गुल्मिका सचिवालय सदस्य,एवं नेकपा रुरु क्षेत्र गाउँपालिका का इन्चार्ज हिमाल श्रेष्ठको विशेष पहल मा रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ च्युरेक गोलपोखरि मा रहेको श्री सस्कृति उत्थान युवा क्लब का खेलाडी हरुलाइ खेलकुद सामाग्री हरु (भलिबल तथा भलिबल नेट र बल मा हावा भर्ने पम्प ) हस्तान्तरण गरेको छ ।
क्लब का खेलाडी हरुले आफुहरु लाई खेलकुद समाग्री नभएको ले आफुहरुले खेल खेल्न समस्या भएको बताए पछि स्पोर्ट्स एकेडेमिका अध्यक्ष चिरञ्जीवी ज्ञवालीले यस क्षेत्रका समाज सेवि हिमाल श्रेष्ठ लाई पहल गरिदिनुहुन आग्रह गर्नु भएको थियो ।
उक्त अनुरोध लाई सुन्ने बित्तिकै नेता हिमाल श्रेष्ठले विशेष पहल गरिदिनु भएको क्लबका रामु स्वमैले ले जनाउनु भयो ।
सस्कृति उत्थान युवा क्लब का किसन ज्ञवालीले ले आफ्नो समस्य लाई विशेष चासोका साथ पहल गरि सौजन्य गर्नु भएको मा नेता श्रेष्ठ र एकेडेमी लाई धन्यवाद प्रर्कट गर्दै ज्ञवाली ले क्वल र खेलाडी दुबैलाई निकै हौसला मिलेको बताउनु भयो ।
खेलकुद समाग्री हस्तान्तरण कार्यक्रममा विशेष पहल गरिदिनुहुने समाजसेवि युवा नेता हिमाल श्रेष्ठ ,मदन भण्डारी स्पोर्ट्स एकेडेमी रुरुक्षेत्र गाउँपालिका अध्यक्ष चिरञ्जीवी ज्ञवाली , युवा समाज सेवि कमल ज्ञवाली तथा युवा खेलाडी र क्लबका सदस्य हरु उपस्थित हुनुहुन्थ्यो ।
यसरी स्थानीय रुपमा लुकेर रहेका प्रतिभा कदर गर्दै ,उनिहरु लाई खेल्दै र खेलाउदै राष्ट्रिय खेलाडी उत्पादन गर्नु नै एकेडेमी को प्रमुख उद्देय हो ।
झ्वाट्ट हेर्दा मदन भण्डारी स्पोर्ट्स एकेडेमी राजनैतिक संस्था जस्तो देखिएता पनि ,संस्थाले खेलाडी हरु लाई कुनैपनि किसिमको राजनैतिक गतिविधि भने गर्दैन ,केवल एकेडेमी को प्रमुख उद्देश्य नै खेलाडी लाई हौसला दिनु र राष्ट्रको खेलाडी उत्पादन गर्ने गरेको पहल कर्ता हिमाल श्रेष्ठ ले बताउनु भएको थियो ।
Discussion about this post