असोज २९, लकडाउन खुला गरे संगै सामान्य बन्दै गएको स्याङ्जाको जनजीवन पुनः प्रभावित बन्न थालेको छ। कोरोना संक्रमणको जोखिम समुदाय स्तरमा फैलिन सक्ने भन्दै दशैँ घरघरमै मनाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । चाडपर्व नजिकिँदै गर्दा चाडपर्वको बहानामा जिल्ला प्रवेश गर्ने अवस्था रहने भन्दै बुधबार जिल्ला प्रशासन कार्यालयले आदेश जारी गर्दै उच्च जोखिम भएका स्थानहरुबाट जिल्ला प्रवेश गर्दा ७२ घण्टाभित्रको पिसिआर रिर्पोट साथमा हुनुपर्ने जनाएको छ । कार्तिक १ गतेबाट रिर्पोट नहुनेहरु अनिवार्य तोकिएको क्वारेन्टाईनमा बस्नुपर्नेछ । प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतद्धारा जारी आदेशमा भिडभाड तथा भेला नगर्न अनुरोध गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस अहिले समुदायस्तरमा समेत फैलिसकेको अवस्थामा चाडपर्वका बेला थप जोखिम हुने भन्दै प्रशासनले विभिन्न कार्यहरु निषेध गरेको छ ।
स्याङ्जामा निषेध गरिएका क्षेत्रहरू :
१. बिद्यालय , क्याम्पस , लगायतका सवै शैक्षिक संस्था , पुस्तकालय , तालिम, गोष्ठी , सेमिनार ,भेला तथा सम्मेलन , पार्टी प्यालेस , भोज भतेर गर्ने, हाटबजार , सिनेमा हल , डान्सबार , लगायतका मनोरञ्जन स्थाल र सामुहिक खेलकुदजन्य गतिविधिहरु संचालन गर्न । २. मानिसहरु भेला जम्मा हुने , भिडभाड गर्ने , नारा जुलुस गर्ने , जात्रा महोत्सव गर्ने , राजनितीक , सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरु आयोजना गर्न। ३ . मठ , मन्दिर , गुम्बा , मस्जिद , चर्च लगायतका धार्मिक र सांस्कृतिक महत्त्वका स्थलहरुमा दैनिक नित्य पूजा/ आराधना वाहेकका भिडभाडजन्य गतिविधिहरु संचालन गर्न।
४. विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ को व्यवस्था बिपरित हुनेगरी बिद्यालयमा शिक्षण सिकाइ क्रियाकलापहरु संचालन गर्न।
५. कोभिड – १९ को प्रकोपको अवधिभर सार्वजनिक यातायातका संचालन निर्देशिका २०७७का प्राबधान बिपरित गरिएका सार्वजनिक सवारी संचालनका गतिबिधिहरु गर्न
६.स्वास्थ्य र सुरक्षाका मापदण्ड बिपरित ब्यबसाय संचालन र निर्माण जस्ता कार्य गर्नकोलागि श्रमिक र कामदार ओसारपसार गर्न।
Discussion about this post