पाल्पामा मृत्यु भएकी महिलामा कोरोना पुष्टि भएको छैन: जिल्ला स्वास्थ्य कार्यालय

12
SHARES
101
VIEWS


विष्णु पान्डेय
पाल्पा ३० असोज
पाल्पाको तानसेनस्थित लुम्विनि मेडिकल कलेजमा विहिवार मृत्य भएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भइनसकेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ओम प्रकाश पन्थिका अनुसार उनको स्वाव अहिले चितवन पठाईएको छ । विहीवार विभिन्न अनलाईनमा कोरोनाको कारण पाल्पामा १ जनाको मृत्यु भन्ने समाचार प्रकाशीत भएको थियो । यस सम्बन्धि लुम्बिनि मेडिकल कलेजले पनि मृत्यु भएकी महिलाको आधिकारीक कोरोना पुष्टि नभएको बताएको छ । उनको मेडिकल कलेजको निजि प्रयोगशालामा रिपोर्ट पोजेटिभ आएको भएपनि अहिले उनको स्वाव भरतपुर मेडिकल कलेज चितवन पठाईएको प्रशासन स्रोतले बताएको छ । उताबाट कोरोना पोजेटिभको रिपोर्ट नआईकन हामीले कोरोना संक्रमणका कारण मृत्यु भन्न्न मिल्दैन एक अधिकारीले भने । उनको मृत्यु हुनुभन्दा १ दिन अघिनै स्वाव पठाईएको थियो
अशोज २२ गते भर्ना भएकी तिनाउ गाउपालिका वडा न ३ की ५४ वर्षिया ती महिलाको विहीवार मृत्यु भएको थियो । पाल्पामा अहिले सम्म २ महिला र २ पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु भएकी ती महिलाको शब अहिले मेडिकल कलेजमै छ , कोरोनाको रिपोर्टका आधारमा शवको व्यवस्थापन गरीले कलेज प्रशाशनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार