असोज -३० , ६५ औ प्रहरी दिवसको अवसरमा स्याङ्जा प्रहरीले जिल्ला प्रहरी कार्यलयको प्राङ्गणमा अमर प्रहरी प्रती श्रद्धाञ्जली कार्यक्रम आयोजना गरि मनाएको छ। शुक्रवार बिहान ८ बजे बाट सुरु भएको कार्यक्रममा स्याङ्जा जिल्ला प्रहरी कार्यलय प्रमुख प्रहरी उपरीक्षक होबिद्र बोगटी , प्रमुख जिल्ला अधिकारी उमेश बस्नेत , सुरक्षा निकायका प्रमुखहरु , संचारकर्मी , प्रहरी कार्यलयको लागि निशुल्क जग्गा प्रदान गर्ने जग्गादाताहरु , प्रहरी कामकारबाहीमा सहयोग गर्ने नागरिकहरु , पूर्व प्रहरी कर्मचारी लगायत हाल कार्यरत प्रहरी कर्मचारी गरि करिब ७० जनाको सहभागिता रहेको थियो। उक्त कार्यक्रममा प्रहरी कार्यलय हाता भित्र रहेको अमर प्रहरी स्मारकमा शोक सलामी तथा फूलगुच्छा अर्पण गरिएको थियो। सोही अवसरमा यस वर्ष विभिन्न कामकारबाहीमा उत्कृष्ट कार्य सम्पादन गर्ने दस जना प्रहरी कर्मचारीहरुलाइ पुरस्कृत गरिएको थियो। जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एबम प्रबक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार प्रहरी मातहतका विभिन्न इकाइहरुलाई निशुल्क जग्गा प्रदान गर्ने महानुभावहरुलाइ तालुक प्रहरी प्रधान कार्यलयबाट प्राप्त भएको सम्मान पत्र हस्तान्तरण गरिएको थियो। निशुल्क जग्गा उपलब्ध गराई सम्मानित हुनेहरुमा हरिनास गाउँपालिका वडा नम्बर दुई का केशरी लम्साल , भेषराज लम्साल र बिष्णु पाध्य र आर्जुन चौपारी गाउँ पालिका वडा नम्बर ४ का चित्र ब रिमाल , चन्द्र बहादुर गुरुङ , कृष्ण बहादुर रिमाल र यौमारा रिमाल रहेका छन् । साथै साखर प्रहरी चौकी निर्माणका लागि निशुल्क जग्गा उपलब्ध गराउने संस्था श्री राधादामोदर मन्दी नेपाल निम्वारक पिठ केलादी घाटलाइ पनि सम्मान पत्र प्रदान गरिएको प्रबक्ता एबम प्रहरी नायब उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनु भयो। अधिकारीका अनुसार प्रहरी कामकारबाहीमा सहयोग गर्ने अर्जुनचौपारी गाउँ पालिका वडा नम्बर १ निवासी पार्वती गौतम र पुतलीबजार नगरपालिका वडा नम्बर १३ निवासी कमल थापालाई कदर पत्र प्रादन गरिएको थियो। बिहान साढे नौ बजे समापन गरिएको कार्यक्रममा प्रहरी नायब उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले स्वागत मन्तव्य राख्नु भएको थियो भने संगठन प्रमुख श्रीमान प्रहरी महानिरीक्षक बाट प्रेषित शुभकामना सन्देश प्रहरी उपरीक्षक होबिन्द्र बोगटी द्वारा वाच गरिएको थियो । कार्यक्रममा पूर्व प्रहरी संगठनका अध्यक्ष पूर्व प्रहरी नायब उपरीक्षक श्याम कुमार श्रेष्ठ , पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष ओम प्रकाश शर्मा र प्रमुख जिल्ला अधिकारी उमेश बस्नेत द्वारा स्वागत मन्तव्य राखिएको थियो।


Discussion about this post