चुरामाणी तिमिल्सिना , कार्तिक -३ , पाल्पा तानसेन नगर पालिका वडा नम्बर १४ का स्व. झपेन्द्रलाल पान्डेको परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । रुरु धार्मिक सेवा सन्चार प्राली रिडीले विभिन्न मिडियामा पान्डेको समाचार प्रकाशन तथा प्रसारण गरेपछि सहयोग उठन थालेको समाजसेबि दिवाकर पान्डेले जानकारी दिनुभयो । सोमबार उहाँकै निवासमा मध्य प्रदेश भुपाल बाट कृष्ण पान्डेको नेतृत्वमा संकलन भएको १ लाख ४४ हजार रुपैयाँ एक कार्यक्रमका बीच उहाकी धर्म पत्नी तथा छोरा लाई प्रदान गरिएको कृष्णले बताउनुभयो । हस्तान्तरण कार्यक्रममा पत्रकार , स्थानीय बासी समाजसेवी र सामाजिक अभियानता लगायतको सहभागिता रहेको थियो।
Discussion about this post