पाल्पामा कोरोनाबाट थप दुई पुरुषको मृत्यु, मृतकको संख्या ६ पुग्यो

12
SHARES
99
VIEWS


विष्णु पान्डेय
पाल्पा,कात्तिक ३÷पाल्पामा कोरोना संक्रमणबाट थप दुई जना पुरुषको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई सोमबार प्राप्त विवरण अनुसार तानसेन नगरपालिकाका ७ का एक जना र २ का एक जना पुरुषको मृत्यु भएको हो । कोरोनाका कारण तानसेन २ अशनटोलका ८५ वर्षीय पुरुषको युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको छ । उनको शनिबार मृत्यु भए पनि सोमबार मात्र रिपोर्ट कोरोना पोजेटिभ आएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । ति पुरुष स्वास्थ्यमा समस्या भएपछि मिसन अस्पताल पुगेका थिए । उनलाई कोरोनाको लक्षण देखिएपछि अस्पतालले स्वाब संकलन गरेको थियो ।
त्यस्तै गत असोज ३० गते तानसेन नगरपालिका–७ बर्तुङका ३३ वर्षीय पुरुषको उपचारका क्रममा भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा मृत्यु भएको छ । मिर्गौलामा समस्या देखिएपछि अस्पतालमा डायलिसस गराइरहेका ती पुरुष अस्पताल भर्ना भएका थिए । पिसीआर परीक्षण गर्दा उनमा असोज २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । पाल्पामा थप दुई जनाको मृत्यु भएसँगै मृतकको संख्या ६ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार