स्याङ्जा, ६ कात्तिक । स्याङ्जाको गल्याङ नगरपालिकामा चेकजाँच गर्ने क्रममा एक ट्याक्टर खयर फेला परेको छ । बुधबार बिहान ९:३० बजे गल्याङ नगरपालिका वडा नं ३ भन्ज्याङस्थित सिद्धार्थ राजमार्गमा प्रहरी चौकी गल्याङ्बाट खटिएको प्रहरीले निबुवाखर्कबाट गुठी तर्फ जाँदै गरेको लु. ४ त. १५२० नं. को ट्याक्टरबाट चेकजाँच गर्ने क्रममा खयर फेला परेको प्रहरीले बताएको छ ।जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीका अनुसार खयर जातको अबैध काठ गोलाई २४५ थान फेला पारेको हो ।
उहाँले आवश्यक कारवाहीको लागी चालक गल्याङ नगरपालिका वडा नं २ बस्ने बर्ष २५ का दिलिप राना, ट्याक्टर र अवैध काठ सहित बुधबार सव – डिभिजन वन कार्यालय गल्याङ स्याङजामा बुझाईएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Discussion about this post