चुरामणी तिमिल्सिना कार्तिक -९, जनता माध्यमिक विद्यालय सत्यबति गाउँपालिका वडा न १ अस्लेवा गुल्मीले बिद्यालयमा अध्यनरत अति बिपन्न बिद्यार्थीहरुलाइ दैनिक पठन पाठनमा सहयोग पुर्याउन र नियामित रुपमा बिद्यालय आउने वातावरण सिर्जना गर्न बिद्यालयको नेतृत्वमानै “बिपन्न बिद्यार्थी कल्याणकारी कोष” नामक खाता रुद्रबेणिमा खोलेको छ । झन्डै ५०० जना नियामित रुपमा पठन-पाठन गर्ने यो बिद्यालय बि.स. २०२४ सालमा स्थापना भएको हो। अति बिपन्न अभिभाबकका छोराछोरी यसै बिद्यालयमा अध्ययन गर्न धेरैको संख्यामा आएकोले यस कार्यक्रम मार्फत बिद्यार्थीहरुलाइ आवश्यक शैक्षिक सामाग्री प्रदान गर्ने बिद्यालयका प्रधानाध्यापक युगराज पाण्डेले बताउनुभयो । केही दिन यता देखि बिपन्न बिद्यार्थीका लागि नेपाल तथा बिदेशबाट बिपन्न अक्षयकोषको लागि पैसा आउन थालेपछी विभिन्न मिडिया तथा बिद्यालयको फेसबुकबाट दाताको नाम सहित रकम समाचारमा आउन थालेपछि देश तथा बिदेशबाट सहयोग जुट्न थालेको बिद्यालयका शिक्षक तथा यस कार्यक्रमका अभियानता बिष्णु प्रसाद पाण्डेले जानकारी गराउनु भयो । झन्डै २० लाख रुपैया बिपन्न कोषमा जम्मा गर्ने योजना रहेको र अभियान दिन प्रती दिन दाता खोज गरि सफल पार्न बिद्यालयका सबै शिक्षकलाई प्रधानाध्यापक पाण्डेले आग्रह गर्नुभयो । यस अभियानबाट संकलन भएको रकम सामाजिक संजालबाट प्रचारप्रसार गर्ने योजना बनाउदै गएको शिक्षक पाण्डेले बताउनुभयो । कक्षा नर्सरी देखि कक्षा १२ सम्म पठन पाठन हुने बिद्यालयमा आधुनिक शिक्षा कम्पुटर समेत पढाइ हुने गर्दछ । यस कार्यक्रमलाई अब कसरी अगाडी बढाउन सकिएला भनेर बिद्यालयका पूर्व-प्रधानाध्यापक तथा सत्यबति गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष भिमलाल पाण्डेलाइ जिज्ञासा राख्दा यस कार्यक्रमलाई सफल पुर्याउन वडाबाट सबै सहयोग गर्ने , आफुले पनि विभिन्न निकायमा रहेका व्यक्तिहरुलाइ आव्हान गर्ने बताउनुभयो । बिद्यालय क्षेत्र आसपासमा प्रशस्त उब्जाउ भूमी भएकोले यहाँ कृषि बाली बिज्ञान समेत सजिलै संचालन गर्न सकिने अध्यक्ष पाण्डेको भनाइ छ । बिद्यार्थी हरुलाइ समयको बचत गर्न बिद्यालयले बस सेवा लगत्तै सुचारु गर्ने योजना आगाडी बढाइएको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिन्तामणी पाण्डेले बताउनुभएको छ।
Discussion about this post