स्याङ्जामा कुटपिट गरि हत्या गरेको अभियोगमा चार जना पक्राउ

13
SHARES
106
VIEWS

कार्तिक -१३ जिल्ला प्रहरी कार्यलय स्याङ्जाले कुटपिट गरि हत्या गरेको अभियोगमा चार जनालाई पक्राउ गरेको छ। बडा दशैको दिन पुतलीबजार नगरपालिकाको वडा नम्बर ६ कोलडाँडामा युवाहरुको दुई समूह बिच झडप भएको थियो। हो-हल्ला गर्दै मोटरसाइकलमा दाङ्लिङ गाउँबाट कोलडाँडा हुँदै पुरीस्वारा गाउँतर्फ गएका युवाहरूको समूहलाई कोलडाँडामा मादक पदार्थ सेवन गरी बसेका युवाहरुले एक्कासि आक्रमण गर्दा उक्त झडप भएको थियो। झडपमा परि पुरिस्वाराका २९ वर्षीय सुर्य बहादुर गुरुङ गम्भीर घाइते भएका थिए। घाइते गुरुङलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको थियो। झडपमा परि गम्भीर घाइते भएका गुरुङको बुधबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एवम् प्रबक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो। घट्नामा संलग्न चार जानलाई बुधबारनै पक्राउ गरि अनुसन्धान भैरहेको सूचना अधुकारी एवम् प्रबक्ता प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिनु भयो। अधिकारीका अनुसार पक्राउ पर्नेहरु पुतलीबजार नगरपालिका ६ बछिन डाँडा टक्सारका इन्द्रजित गुरुङ , गिरे प्रसाद गुरुङ , किङ्कङ गुरुङ र सन्तोष गुरुङ रहेका छन् । मृतक गुरुङको शब पोष्टमार्टम गरि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार