केशव राज न्यौपानेको मार्मिक तिहार गित फुल्यो मखमली सार्वजनिक

16
SHARES
132
VIEWS

कार्तिक-१३ नेपाली लोक संगितको क्षेत्रमा कुशल सर्जकको रुपमा स्थान बनाउन सफल गायक तथा सर्जक केशवराज न्यौपानेले पुनः नजिकिदै गरेको तिहार पर्वलाइ लक्षित गरि फुल्यो मखमली बोलको गित सार्वजनिक गरेका छन् । गितमा शब्द केशवराज न्यौपानेको रहेको छ भने आवाजमा रामचन्द्र चन्दले साथ दिएका छन् । केही समय अगाडि चाडबाड आउँदा बोलको गितमा मर्म स्पर्शी शब्दमार्फत धेरै दर्शक स्रोताको मन जित्न सफल न्यौपानेले यो पटक भने विशेष कारणबश तिहारमा टीका लाउन नपाएका तमाम नेपाली दाजुभाइहरुको पिडालाई समेटेर फुल्यो मखमली बोलको गित लिएर आएका छन् । गितमा महेन्द्र गौतम , मेलिना ठकुरी र रिता श्रेष्ठको अभिनय रहेको छ । हुमे गैरेको निर्देशन र सम्पादनमा तयार गरिएको भिडियोमा बसन्त महर्जनको छायांकन रहेको छ। गित लाई गायक ,सर्जक र संगित संयोजक रामचन्द्र चन्दको युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला:-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार