नेपालमा थप २८२४ जना कोरोना संक्रमित थपिए

22
SHARES
184
VIEWS

कार्तिक १६ नेपालमा पछिल्लो २४ घण्टामा २८ सय २४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस बिर्फिङ मार्फत जनाएको छ

३७ हजार ७६५ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ६ हजार ७७९ जना छन्। यस्तै क्वारेन्टाइनमा २ हजार ३८६ जना रहेका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३ हजार २३ नमूनाको पीसीआर परीक्षण भएको छ। आइतबार ३६ सय २० जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख ३४ हजार ८४२ पुगेको छ।

आइसीयूमा २८३ र ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। नेपालमा कोरोनाबाट ९६० जनाको मृत्यु भएको छ। आइतबार मात्रै २३ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार