चुरामणी तिमिल्सिना कार्तिक -१७, गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर ३ भालुपानीमा वैदिक बिधि अनुसार भगवान हनुमानको मन्दिर शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । छत्रकोट गाउँपालिका वडा नम्बर ४ श्रीङगा निवासी पोमलाल कंडेल तथा गिता कंडेलले मन्दिर निर्माण कार्य गरेर समुदायलाई हस्तान्तरण गर्ने बताउनुभयो । दुई महिनामा निर्माण कार्य सकेर आउदो हनुमान जयन्तीको अवसर पारेर उसै दिन भब्य कार्यक्रमका साथ मन्दिर उद्घाटन गरिने कंडेलले बताउनु भयो ।आफू हनुमानको भक्त भएकोले यता नजिकै हनुमानको मन्दिर नभएकोले आफुले यस छत्र भुमिमा मन्दिर बनाउन लागेको कंडेलकि श्रीमती गिताले बताउनुभयो । कंडेलले धार्मिक सांस्कृतिक सम्पदा, आफ्नो संस्कृति रिति रिवाज भएकोले यस्ता पुन्य भूमिमा सम्पदा निर्माण गर्न आफू लागेको बताउनु भयो। कंडेलले केही समय अगाडी आफ्नो जन्म भूमि नजिकै रहेको कारपोखरा दुर्गा मन्दिरमा पनि मन्दिर प्रबेश द्वार निर्माण गरेको बताउनुभयो। आफू प्राय युकेमा रहे पनि आफ्नो प्रतिनिधि कान्छा सुपुत्र दिपेन्द्र कंडेलले मन्दिरको शिलान्यास गर्नु भएको हुँदा आफुहरु निकै खुशी रहेको स्थानियको भनाइ रहेको छ । कंडेलले यति मात्र नभै रुरु क्षेत्रमा रहेका वृद्ध वृद्धा साधु, दिन दुखी ,तथा बिपन्न बर्गका परिवारलाई सहयोग तथा आफ्ना परिवारका सदस्यको जन्म उत्सबकोअबसर पारेर खाद्यान्न सहयोग तथा रुरु धार्मिक सेवा सञ्चार प्राली कार्यलयलाइ विविध सामाग्री सहयोग प्रदान गरिरहेको बताउनुभयो ।
Discussion about this post