नेपालमा सोमबार थप २९३३ जना कोरोना संक्रमीत थपिए

20
SHARES
164
VIEWS

कार्तिक -१७ नेपालमा पछिल्लो २४ घण्टामा थप २९३३ जनामा कोरोना संक्रमीत थपिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको छ । देशभरका प्रयोगशालामा १३ हजार ४४६ नमुना परीक्षण गर्दा ११७६ महिला र १७५७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ९८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै छ १ लाख ३७ हजार ९९२ संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३१५० जना संक्रमणमुक्त भएका हुन् । देशभर ३७ हजार ५२४ सक्रिय संक्रमित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार