कालीगण्डकी गाउँपालिकाका कृषकलाइ ५०% अनुदानमा हाते ट्याक्टर वितरण गरिने

14
SHARES
114
VIEWS

कार्तिक – २१ स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका कृषकहरूलाई गाउँपालिकाले ५०% अनुदानमा हातेट्याक्टर (मिनिलिटर) वितरण गर्ने भएको छ। गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को वार्षिक स्वीकृत कार्यक्रम अनुरुप ५०% अनुदानमा ट्याक्टर वितरणको कार्यक्रम ल्याइएको हो। अनुदानमा हाते ट्याक्टर प्राप्त गर्न गाउँपालिकाले गाउँपालिका भित्रका कृषि उद्यमी , कृषि कम्पनी , कृषक समूह , कृषि सहकारी तथा कृषि फर्महरुलाइ २६ गते भित्र आवेदन दिन सूचना जारी गरेको छ। गत आर्थिक वर्ष कालीगण्डकी गाउँपालिकामा ३५ वटा हाते ट्याक्टर ५०% अनुदानमा वितरण गरिएको कालीगण्डकी गाउँपालिकाका सूचना अधिकारी हिरामणी पाण्डेले जानकारी दिनुभयो। गाउँपालिकाले कृषि मार्फत कृषकका आर्थिक स्तर उकास्नका लागि विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार