कार्तिक -२२ स्याङ्जामा थप ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको अद्यावधिक विवरण अनुसार संक्रमित हुनेहरु पालिका र वडा नखुलेका २८ , २१ र ३६ वर्षीय रहेका छन् । यो संगै स्याङ्जामा कोरोना संक्रमितको सङ्ख्या ५८२ पुगेको छ। संक्रमित तिनै जनामा कन्ट्याक्ट् ट्रेसिङका क्रममा कोरोना संक्रमणको पुष्टि भएको गण्डकी प्रदेश कोरोना रोकथाम एवम् नियन्त्रण कार्यक्रमका निर्देशक तथा प्रबक्ता बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो।
Discussion about this post