पाल्पामा शनिबार थप ६१ जना कोरोनामुक्त

12
SHARES
100
VIEWS

बिष्णु पाण्डे कात्तिक २२÷ पाल्पामा शनिबार थप ६१ जना कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई शनिबार प्राप्त विवरण अनुसार माथागढीका ६ जना, रामपुर नगरपालिकाका २ जना, पूर्वखोला गाउँपालिकाका २२ जना, रैनादेवी छहरा गाउँपालिकाका २ जना, बगनासकाली गाउँपालिकाका ३ जना, तिनाउ गाउँपालिकाका २ जना, रिब्दीकोट गाउँपालिकाका ३ जना र तानसेन नगरपालिकाका २१ जना संक्रमणमुक्त भएका हुन् । कोरोना जितेकाहरु विभिन्न आइसोलेशन र होमआइसोलेशनमा रहेका पुरुष तथा महिलाहरु रहेका छन् । तोकिएको मापदण्ड पूरा गरेर १४ दिन होम आइसोलेशन तथा संस्थागत आइसोलेशनमा रहेकाहरुले कोरोनालाई जितेर घर फर्किएका हुन् । योसँगै पाल्पामा कोरोना निको हुनेको संख्या एक हजार ६९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार