कार्तिक -२३ स्याङ्जामा शनिबार राती जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । भिरकोट नगरपालिका वडा नम्बर ५ स्थित हर्खौँदिमा हिजो राति भएको जिप दुर्घटना हुँदा गम्भीर घाईते भएका एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनु भयो।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार जीप दुर्घटनामा परी घाईते भएका भिरकोट नगरपालिका वडा नं ५ बस्ने ३५ वर्षीय शिव सेन, ३९ वर्षीय मनोज सेन, १७ वर्षीय असिम सेन, ५२ वर्षीय दिल बहादुर सेन र २२ वर्षीय अञ्जन सेनलाई तत्काल उपचारको लागी कालिका सामुदायिक अस्पताल हेलु पठाईएको थियो ।
धान र पराल बोकेर घर जाँदै गरेको लु १ च २६९६ नम्बरको जिप शनिबार साँझ ६ बजेतिर सडकबाट ३० मिटर तल खसेर दुर्घटना भएको थियो। घाईते हुने हरुमध्ये अरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ। प्रहरीले जिप चालक स्याङ्जाका वालिङ नगरपालिका ११ बस्ने ३८ वर्षीय राजु पंगेनीलाइ नियन्त्रणमा लिइ अनुसन्धान कार्य अगाडि बढाएको छ।
Discussion about this post