पुतलीबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढकालकाे निधन

14
SHARES
120
VIEWS

कार्तिक -२५ , स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिकाका प्रशासकीय अधिकृत डाेलराज ढकालकाे सोमबार मृत्यु भएको छ।प्रशासकीय अधिकृत ढकाल रक्त क्यान्सर बाट ग्रसित थिए। ५१ वर्षका ढकालको पोखरामा पिसिआर गराएर रिपाेर्ट नेगेटिभ आएपछि काठमाडाैं लगिएका उनकाे साेमबार मृत्यु भएकाे हाे ।
प्रमुख प्रशासकीय अधिकृत ढकालकाे निधनमा पुतलीबजार नगरपालिकाले शाेक विज्ञप्ति जारी गरी नगरपालिका र नेपालकाे निजामती क्षेत्रले एक कुशल र उच्च प्रशासनिक क्षमता भएकाे व्यक्ति गुमाउनु परेकाे उल्लेख गरेकाे छ । मेयर सीमाकुमारी क्षेत्रीले प्रमुख प्रशासकीय अधिकृत ढकालकाे निधनमा म‌ंगलबार एक दिन नगरपालिका कार्यालयमा बिदा राखिएकाे बताइन् । निमित्त प्रमुख प्रशासकीय अधिकृत बाबुराम बरालले विज्ञप्ति निकालेर मंगलबार नगरपालिका र मातहतका सबै कार्यालय बन्द रहने जनाएका छन् । विद्यालयहरुमा जारी परीक्षा भने बन्द नहुने विज्ञप्तिमा उल्लेख छ ।ढकालकाे शव पाेखरा ल्याएर म‌ंगलबार बिहान पाेखराकाे शान्तिघाटमा दाहसंस्कार गरिएकाे थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार