मनमुटुका गायक पुश्कल शर्मा द्वारा ७२ बर्षिय अशक्तलाई सहयोग

17
SHARES
142
VIEWS


कार्तिक -२६ नेपाली लोकदोहोरी क्षेत्रका चर्चित गायक पुश्कल शर्मा आजभोलि समाजसेवामा लागीपरेका छन्। लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक शर्मा पछिल्ला दिनहरुमा बिभिन्न किसिमका सामाजिक कार्यहरु गर्दै दर्शक / श्रोताहरुको मनमुटुमा बस्न सफल भएकाछन । गायक शर्माले अर्घाखाची जिल्ला सितगंगा नगरपालिका वार्ड न.२ बस्ने बर्ष ७२ का राम बहादुर बस्नेतलाई व्हिल चियर प्रदान गरेका छन । बस्नेत शारिरिक रुपमा अशक्त रहेका छन ।

आफुलाइ फोन आएकै भरमा गायक शर्मा सहयोगका लागी काठमाण्डौबाट अर्घाखाची पुगेका थिए । गायक शर्मा केहि नहुनेहरुका लागि र कोहि नहुनेहरुको लागि मानबताको सेवा नै जिबनको सर्वोत्तम कार्य मान्दै सामाजिक र मानबिय कार्यमा लागेको बताउछन । कलाकार एउटा पर्दामा देखिने मात्र नभई बास्तबिक पर्दा बाहिर गीत संगित शुभचिन्तकहरुको दुख र पिडा बेदनालाइ नजिकबाट नियालि सबैको सहयोगमा लाग्नु पर्ने समेत बताउछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार