स्याङ्जामा गाँजा सहित एक जना पक्राउ

13
SHARES
108
VIEWS


कार्तिक – ३० स्याङ्जामा प्रहरीले गाँजा सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपेन्देही स्थायी घर भइ हाल वालिङ नगरपालिका वडा नम्बर ७ सातधारामा वस्दै आएका भबिन गुरुङ रहेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाले जनाएको छ। भबिन गुरुङको डेरामा गोप्य सूचनाका आधारमा गत २९ गते छापा मार्दा ३९० ग्राम गाजा फेला परेको थियो। पक्राउ परेका २८ वर्षिय भबिन गुरुङलाई “ लागुऔषध” मुद्धामा मुद्धा दर्ता गरी सम्मानित स्याङ्जा जिल्ला अदालतबाट पक्राउ स्वीकृती अनुमति लिई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एवम् प्रबक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार