स्याङ्जामा अझ ९३ जनामा कोरोनाको सक्रिय संक्रमण

13
SHARES
111
VIEWS

कार्तिक -३० गण्डकी प्रदेश स्वास्थ निर्देशनालय पोखराले जारी गरेको अद्यावधिक विवरण अनुसार स्याङ्जामा हाल ९३ जना कोरोनाका सक्रिय संक्रमीत रहेका छन् । हाल स्याङ्जामा १४६ जना स्याङ्जाका विभिन्न स्थानमा क्वारेन्टाइनमा रहेका छन् । जस मध्ये १४० जना पुरुष रहेका छन् भने ६ जना महिला रहेका छन् । पछिल्लो २४ घण्टामा १२ वटा स्वाबको नमुना परिक्षण गरिएकोमा सवैको पिसिआर नतिजा नेगेटिभ आएको छ। पछिल्लो समयमा दैनिक कोरोना संक्रमितको सङ्ख्या बढिरहेकोमा आज भने संक्रमितको सङ्ख्या शुन्य रहेको छ। हाल सम्म स्याङ्जामा कुल कोरोना संक्रमितको सङ्ख्या ६४८ पुगेको छ भने ५४५ जना कोरोनाबाट संक्रमण मुक्त भएका छन् । यस्तै गरि स्याङ्जामा ११जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार