पाल्पामा आगलागी हुँदा ४ लाख बराबरको क्षति

13
SHARES
110
VIEWS

मङ्सिर १ -पाल्पामा आज बिहान करिब साढे दुई बजे तिर एक घरमा आगलागी भएको छ। पाल्पा जिल्लाको रिब्दिकोट गाउँपालिका वडा नम्बर ४ मा लक्ष्मी थापाको दुई तले पक्की घर र सोही घर संगै टाँसिएको निजकै तिन तले जस्ता पाताले छाएको कच्ची घरमाआगलागी भएको जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक मदन गिरीले जानकारी दिनुभयो। आगलागीमा परि बसन्त बहादुर थापाले भाडामा लिएको किनारा पसलमा समेत आगलागी भई करीब चार लाख बरावरको क्षती भएको सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिनुभयो । स्थानिय र प्रहरीद्वारा बिहान ५:०० बजेको समयमा आगो पुर्ण नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बिद्युत सर्ट भई आगोलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। क्षती भएको घरहरुको वास्तविक मुल्य खुल्न बाकी रहेको घटना सम्बन्धि अनुसन्धान कार्य जारी रहेको पाल्पा प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार