कालीगण्डकीमा श्री जनहित माविको बिद्यालय भवन मन्त्री अर्याल द्वारा शिलान्यास

25
SHARES
210
VIEWS

मङ्सिर – ६ स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ मा रहेको श्री जनहित माविको बिद्यालय भवन शिलान्यास भएको छ। यस बिद्यालयमा निर्माण हुन लागेको ९ कोठे भवनको आज एक कार्यक्रमका बिच भूमि व्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले शिलान्यास गर्नु भएको हो। साउदि फन्डको ( केन्द्रिय स्तरको आयोजना कार्यान्वयन इकाइ- CLPIU ) आर्थिक सहयोगमा बिद्यालय भवन निर्माण हुने जिल्ला कार्यनयन इकाइ प्रमुख राम प्रसाद आचार्यले जानकारी दिनुभयो। कुल दुई करोड ४७ लाख लागतमा बिद्यालय भवन निर्माण हुन लागेको प्रमुख आचार्यले बताउदै नौ कोठे अत्याधुनिक बिद्यालय भवनको निर्माण कार्य १५ महिना भित्रमा सम्पन्न हुनेसमेत जानकारी दिनु भयो। निर्माणको जिम्मेवारी गौरा निर्माण कम्पनीले प्राप्त गरेको छ। बिद्यालय भवन निर्माणको लागि पहल गरिदिने जिल्ला स्तरीय कार्यक्रम कार्यनयन इकाइ( शिक्षा) स्याङ्जा र जिल्ला शिक्षा बिकास समन्वय इकाई स्याङ्जा प्रती आभार व्यक्त गर्दै बिद्यालय भवन समयमै निर्माण हुने र गुणस्तरीय शिक्षाको लागि कुनै कसर बाकी नराखिने बिद्यालयका प्रअ केशर बहादुर क्षेत्रीले बताउनुभयो। आजको शिलान्यास कार्यक्रममा मन्त्री पद्मा अर्याल , स्याङ्जा जिल्लाका प्रमुख अधिकारी उमेश बस्नेत , जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख सिता सुन्दास , उप प्रमुख दिलिप बगाले , कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापा मगर , उपाध्यक्ष साबित्रा कोइराला , जिल्ला बाल संगठन स्याङ्जाका सुजन भट्टराई , गुठी संस्थानका प्रमुख पुन्य भुसाल , कालीगण्डकी गाउँपालिकाका नेकपाका अध्यक्ष कृष्ण लामिछाने लगायत स्थानीय राजनीतिक्रमी तथा समाजसेवी हरुको उपस्थिती रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार