मंसिर- ८ नवनियुक्त सांसद मोहनप्रसाद पाण्डेयलाई निर्वाचन आयोग द्वारा हिजो प्रमाण पत्र प्रदान गरे पश्चात् आज पाण्डेले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । उनलाई सभामुख अग्नि प्रसाद सपकोटाले पद तथा गोपनियताको सपथ गराएका हुन् ।
“प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० को उपदफा (२) र प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ४७ को उपनियम (१) बमोजिम रिक्त प्रतिनिधिसभा सदस्य पदमा सोही नियमावलीको उपनियम (२), (३) र (४) बमोजिम प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सदस्य सूर्यबहादुर केसीको निधन भई रिक्त भएको प्रतिनिधि सभा सदस्य पदमा नेपाली कांग्रेस राजनीतिक दलबाट निर्वाचन आयोगमा बुझाइएको सामानुपातिकको वन्दसूचीको क्र.स. १२ मा खस आर्य समूहतर्फ नाम रहनु भएका श्री मोहनप्रसाद पाण्डेलाई प्रतिनिधिसभा सदस्य पदमा मनोनयन गर्ने निर्णय गरेको थियो।
Discussion about this post