मङ्सिर -८ स्याङ्जामा प्रहरीले ४ के.जी. ५०० ग्राम गाँजा सहित १ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका वडा नम्बर ८ अर्भ्याङ बस्ने ६० वर्षिय चित्र बहादुर शाही रहेका छन् । आइतबार विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी अधिकृत सहितको टोली द्वारा शाहीले लुकाइ छिपाइ गरि राखेको ४ किलो ५०० ग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी डिएसपि राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो। पक्राउ परेका शाहीलाई लागुऔषध मुद्धामा दर्ता गरि थप अनुसन्धान कार्य भई रहेको अधिकारीले जानकारी दिनुभयो। स्याङ्जामा प्रहरीले गाँजा नियन्त्रणका लागि सक्रियता देखाएको छ। एक महिनाको अवधिमा आधा दर्जन भन्दा बढीलाई जिल्ला प्रहरी कार्यलय स्याङ्जाले गाँजा र अवैध लागु औषध सहित पक्राउ गरिसकेको छ।
Discussion about this post