मङ्सिर -९ स्याङ्जाको आधिखोला गाउँपालिकमा निर्माण हुने लागेको सिंचाइ योजनाको शिलान्यास भएको छ। गाउँपालिकाको वडा नम्बर ४ मा निर्माण हुने टुनिखोला सिमलचौर ज्यामिरे सिंचाइ योजनाको सोमबार एक कार्यक्रमका बिच गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री माननीय रामशरण बस्नेतले शिलान्यास गर्नु भएको छ । कुल स्वीकृत लागत अनुमान २ करोड ८५ लाख रहेको भएपनि १ करोड ९१ लाख ३४ हजार ८ सय १७ मा ठेक्का सम्झौता भएको आँधीखोला गाउँलालिकाका अध्यक्ष सुधिर कुमार पौडेलले जानकारी दिनुभयो। जेठ ५ गते ठेक्का सम्झौता भएको योजना २०७८ भदौ महिनामा सम्पन्न हुने अध्यक्ष पौडेलले जानकारी दिनु भयो। सिँचाई आयोजना सम्पन्न भइसकेपछि आँधीखोला वडा नं ४ का करिब १०० घर धुरीका १५०० रोपनी क्षेत्रफलमा खेती गर्ने कृषकहरू लाभान्वित हुने छन् ।
Discussion about this post