नेपालमा थप १९४८ जनामा कोरोना संक्रमण

12
SHARES
99
VIEWS


मंसिर १० , नेेपालमा थप १ हजार ९ सय ४८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ९४८ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १४० जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७ हजार ९९८ जना स‌ंक्रमणमुक्त भएका छन् । नेपालमा कोरोनाबाट थप २८ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३८९ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या १६ हजार ६३९ रहेको छ । क्वारेन्टिनमा भने ६६९ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार